मेयरमा तेस्रो पटक कुकुर निर्वाचित
भदौ – ९ । अमेरिकी राज्य मिनेसोटाको कोर्मोरिन्ट सहरको मेयर पदमा एउटा कुकुरले दुईटा कार्यकाल सकेर तेस्रो पटक पनि निर्वाचित भएको छ ।
गत साता भएको मेयरको निर्वाचनमा बहुमत ल्याएर ड्युक नामको कुकुरले यो पद पुनः सुनिश्चित गरेको हो । ड्युकले यसरी एकै पदमा ह्याट्रिक गरेर कीर्तिमान कायम गरेको हो ।
हरेक वर्ष हुने मतदानमा मतदाताले जो कसैलाई मतदान गर्न सक्छन् । यसपालिको निर्वाचनमा एकजना बाहेक सबै मतदाताले ड्युकलाई भोट दिए । ती एउटाले भने आफ्नो प्रमिकालाई भोट दिएका थिए ।
America
mayer dog