News

'राज्यका ३ निकायमा महिलाको नेतृत्व हुनु जनयुद्धको परिणाम' - प्रचण्ड

'राज्यका ३ निकायमा महिलाको नेतृत्व हुनु जनयुद्धको परिणाम' - प्रचण्ड
  prachanda-nepalaaja भदाै - ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यका तीन महत्वपूर्ण निकायमा महिलाको नेतृत्व स्थापित हुनु सशस्त्र जनयुद्धको परिणाम भएको बताएका छन् । नेकपा(माओवादी केन्द्र)को भ्रातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)को राष्ट्रिय एकता भेलालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राज्यका पाँच महत्वपूर्ण निकायमध्ये तीन निकायमा महिलाको नेतृत्व पाउनु इतिहासकै महत्वपूर्ण उपलब्धि भएको बताउँदै , “अहिले देशको सर्वोच्च संवैधानिक निकायमा महिलाको बलियो उपस्थिति छ । राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख तीनै जना महिला हुनुहुन्छ । नेपालमा जनयुद्ध हुँदैनथ्यो भने यो सम्भव थिएन । यो नेपाली जनयुद्धको देन हो ।” प्रधानमन्त्री दाहालले वर्तमान सरकार चैतमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा छ भन्दै स्थानीय तहबाटै नेतृत्व विकासमा लाग्न महिलालाई आग्रह गरेका छन् । नेपालको संविधानले स्थानीय निकायमा अनिवार्य रुपमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेकाले पनि अधिकार प्राप्तिका लागि थप सहजता भएको बताए ।  

pm puspa kamal dahal rajyaka teen angama mahila

विशेष