विदेश

उत्तर कोरियाकाे क्षेप्यास्त्र परीक्षण सफल भएकाे जोङकाे दाबी

उत्तर कोरियाकाे क्षेप्यास्त्र परीक्षण सफल भएकाे जोङकाे दाबी
kim joung भदाै - ९ । उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाले बुधबार गरेको क्षेप्यास्त्र परीक्षण एक ठूलो सफलता भएको जानकारी दिएका छन् । बुधबारको सो परीक्षणको सफलताले अब उत्तर कोरियाको क्षेप्यास्त्रको तारो अमेरिका र दक्षिण कोरिया भएको आसय पनि उहाँले व्यक्त गर्नुभएको उत्तर कोरियाली समाचार समिति केसिएनएले जनाएको छ । उत्तर कोरियाले बुधबार यस्तो क्षेप्यास्त्र देशको उत्तरी बन्दरगाह सिन्पोमा गरेको थियो । सो जानकारी यसअघि नै दक्षिण कोरियाको सैनिकले पनि दिएको थियो । देशको उत्तरतर्फको समुद्रीकिनारबाट गएको सो क्षेप्यास्त्र जापानतर्फ लागेको थियो । सो क्षेप्यास्त्रले कम्तीमा पनि ५०० किलोमीटरको दुरी तय गरेको जानकारी पनि गराइएको थियो । उक्त परीक्षणपछि बुधबार नै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बसेको थियो । उक्त बैठकले उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको यस्तो प्रचारात्मक र उत्तेजक व्यवहार काबारहीको दायरामा पर्नुपर्नेमा जोड दिएको थियो । सुरक्षा परिषदको सो बैठकले उत्तर कोरियाको सो कदमको निन्दा गरेको छ । यस्तो कार्यलाई उत्तर कोरियाली नेताले सफलताको रुपमा प्रचार गर्नु दुःखद भएको पनि उक्त परिषदले जनाएको छ । यसै महिनाको सुरुमा पनि उत्तर कोरियाले जापानी भूभागको समुद्रमा पर्नेगरी यस्तै क्षेप्यास्त्र हानेको थियो । त्यसपछि लगत्तै जपानलगायत विश्व समुदायले सो घटनाको निन्दा गरेका थिए । यस अघि पनि उत्तर कोरियाले गत महिनामात्र समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर क्षेप्यास्त्र छोडेको थियो । सो परीक्षणको सर्वत्र विरोध भएको थियो । गएको करिब वर्षदिनसम्म नै उत्तरका क्रियाकलापहरु निकै आक्रामक र उत्तेजक देखिएकोले फेरि पनि अर्काे परीक्षणको तयारी भएको पाइएको समाचारमा जनाइएको थियो । उसले बुधबार बिहान अकस्मात यो क्षेप्यास्त्र परीक्षण गरेको छ । दुई कोरियाबीचको सम्बन्ध पछिल्लो समयमा निकै चिसिएको छ । उत्तर कोरियाको यो परीक्षणका विरुद्धमा दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले दक्षिण कोरियाली भूभागमा प्रतिरक्षात्मक प्रणाली जडान गरेका छन् । उत्तर कोरियाले त्यस प्रणालीको कडा शब्दमा विरोध गरेको छ । उत्तरले त्यस्तो प्रणाली दक्षिण कोरिया र अमेरिका मिलेर जडान गरेकोले आफुले त्यस प्रणालीलाई भौतिक कारबाही गर्ने जनाएको छ । उत्तर कोरियाले गतवर्षदेखि सुरु गरेको यो पछिल्लो आणविक परीक्षणको शृङ्खला अझै रोकिएको छैन । यस्तो शृङ्खलाका कारण पछिल्ला दिनहरुमा संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियालाई पनि झस्काएको बताइएको छ ।

Kim Jong South Korea

विशेष