News

त्रिसुलीमा बस खस्यो २० को मृत्यु १७ घाइते

त्रिसुलीमा बस खस्यो २० को मृत्यु १७ घाइते

Bus

भदौ १० । रौतहटको गौरबाट पोखरा जांदै गरेको रात्रिबस आज बिहान ४ः४५ मा नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा २० जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुवरका अनुसार ६ जना घाइतेको उद्धार भइसकेको छ भने ६ जनाको उद्धार हुने क्रम जारी छ ।

मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ ग १ ख ३७०९ नंको सो बस त्रिशूलीमा खसेको हो ।

Bus accident

विशेष