राजनीति News

यसरी बनाइयो कोइराला परिवार सत्ताबाट बाहिर

यसरी बनाइयो कोइराला परिवार सत्ताबाट बाहिर

 

नेपाली काँग्रेस सत्तामा सहभागी हुंदा पछिल्लो समय सधैं सरकारमा रहंदै आएको कोइराला परिवार यस पटक बाहिरै रहने भएको छ । २०५७ सालदेखि काँग्रेस सरकारमा हुंदा कोइराला परिवारको प्रतिनिधित्व छुटेको थिएन । कोइराला परिवार र कोइरालाका आफन्तसमेत सहभागी नभएको तर काँग्रेस सहभागी भएको यो पहिलो सरकार हो । कोइराला परिवार निकटका महेश आचार्य, शैलजा आचार्यलगायतले यदाकदा कोइराला परिवारको बिंडो थाम्ने गर्दथे ।

कोइराला परिवारको सरकारमा जबरजस्त सहभागिता हुने गर्दथ्यो । माधवकुमार नेपाल प्रधानमन्त्री हुंदा तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजता उपप्रधान तथा परराष्ट्रमन्त्रीसहित सरकारमा सहभागी भएकी थिइन् । राजनीतिकरुपमा कनिष्ठ हुंदाहुंदैपनि गिरिजापुत्री भएकै कारण उनले सो लाभ लिएकी थिइन् ।

यसपटक शेखर कोइराला परराष्ट्रमन्त्रीमा जाने बताइएको थियो । महामन्त्री सशांक थला परेको हुंदा शेखर निर्विकल्पजस्तै बनेका थिए । उनी परराष्ट्रमन्त्री पाएमा सरकारमा जाने सोचमा थिए । देउवाले परराष्ट्रमन्त्री आफ्नै टिमका प्रकाशशरण महतलाई बनाउने ईच्छा देखाएपछि कोइराला पछि हटेका थिए ।

यसअघि नै उपप्रधानमन्त्रीको ओहोदामा रहिसकेकी सुजता बरियताका कारणपनि जान अफ्ठयारो थियो । त्यसमाथि सुजताले केपी ओली नेतृत्वकै सरकारको निरन्तरताका पक्षमा अभिव्यक्ति दिएकी थिइन् । कोइराला परिवार र नातेदारबाट मन्त्री नबन्नुलाई अर्थपूर्णरुपमा लिइएको छ ।

Koirala Pariwar Sasanka koirala shekhar koirala

विशेष