राजनीति News

ज्वाईं ससुरा एउटै क्याबिनेटमा, ससुराका लागि ज्वाईंले साटे मन्त्रालय

ज्वाईं ससुरा एउटै क्याबिनेटमा, ससुराका लागि ज्वाईंले साटे मन्त्रालय

Jwai Sassura

भदौ १० ।  यसपटकको क्याबिनेट ज्वाईं ससुराका कारण रोचक हुने देखिएको छ । गगन थापा र अर्जुननरसिंह केसी मन्त्रिपरिषद्मा स्वास्थ्य र शहरी विकास मन्त्रीका रुपमा सहभागी हुनेछन् । गगनले केसीकी छोरी अन्जनासँग विवाह गरेका छन् । यि दुबैको पछिल्लो राजनीतिक यात्रा बडो रोमाञ्चक छ । १३ औं महाधिवेशनमा दुबै एकै पद महामन्त्रीमा प्रत्याशी बनेका थिए । ज्वाईं ससुरा भिड्दा फाइदा विपी पुत्र सशांकलाई भयो ।

अहिले दुबै एक साथ मन्त्री भएका छन् । रमाइलो त के भने दुबै अलग गुटबाट मन्त्री भएका हुन् । अर्जुन सभापति शेरबहादुर देउवाको क्याम्पबाट मन्त्री बन्न लागेका हुन् । गगन ससुरा अर्जुनले देखि नसहने भनिएका कृष्ण सिटौलाको क्याम्पबाट मन्त्री भएका हुन् । गगनले ससुराले शहरी विकासमा रुची देखाएपछि मन्त्रालय साटेको चर्चा छ । यसअघि गगन शहरी विकास मन्त्री बन्ने टुंगो लागेको थियो । श्रीमती चिकित्सक भएकाले पनि गगन स्वास्थ्यमा जान ईच्छुक देखिए । ज्वाईं ससुरा दुबै एक साथ मन्त्री भएपछि काँग्रेसमा केसी थापाको दुबै हातमा लड्डु भन्ने चर्चा छ

Nepali Politics

विशेष