ताजा खबर राजनीति News

कांग्रेसको कोटाबाट मन्त्री भएकाले लिए शपथ, आजै पदभार ग्रहण गर्ने

कांग्रेसको कोटाबाट मन्त्री भएकाले लिए शपथ, आजै पदभार ग्रहण गर्ने

congress-ministers भदौ १० । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरुले नेपाली राष्ट्रिय पोशाकमा सपथ लिएका छन् । नेपाली कांग्रेसकातर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुले आज विहान राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ लिएका हुन् ।

मन्त्रीको सपथ लिनेमा सहरी विकास मन्त्रालयको जिम्मा अर्जुननरसिंह केसीलाई, शान्ति तथा पुनःनिर्माण मन्त्रालयको जिम्मा कोषाध्यक्ष सीतादेवी यादवलाई, रक्षा मन्त्रालयको जिम्मा बालकृष्ण खाँडलाई परराष्ट्र मन्त्रालयको जिम्मा डा. प्रकाशशरण महतलाई, श्रम तथा रोजगार मन्त्रालयको जिम्मा सूर्यमान गुरुङलाई, पर्यटन मन्त्रालयको जिम्मा जीवनबहादुर शाहीलाई, बाणिज्य मन्त्रालय रोमी गौचन थकालीलाई, सहकारी तथा गरिवी निवारण मन्त्रालय हृदयराम थानीलाई, सिंचाई मन्त्रालय दिपक गिरीलाई, स्वास्थ्य मन्त्रालय गगनकुमार थापालाई, उद्योग मन्त्रालय नविन्द्रराज जोशीलाई, वन मन्त्रालय शंकर भण्डारीलाई, सामान्य प्रशासन मन्त्रालय केशव कुमार बुढाथोकीलाई जिम्मा दिइएको छ । उनिहरुले आजै पदभार ग्रहण गर्ने छन् ।

Nepali Politics

विशेष