विदेश

पाकिस्तानकाे प्रस्ताव भारतद्वारा अस्वीकार

पाकिस्तानकाे प्रस्ताव भारतद्वारा अस्वीकार
India-Vs-Pakistan-Head-to-head-Comparison भदाै - १० । भारतले पुनः दोस्रो पटक पाकिस्तानी वार्ताको प्रस्ताव अस्वीकार गरेको छ । विवादास्पद क्षेत्र काश्मिरको विषयलाई लिएर विदेश सचिवस्तरको वार्ताका लागि पाकिस्तानले प्रस्ताव गरेको बताइएको थियाे। स्रोतका अनुसार बिहीबार भारतीय विदेश सचिव एस जयशङ्करले पाकिस्तानी समकक्षी एैजाज अहमद चौधरीद्वारा हालै गरेको वार्ताको प्रस्तावलाई अस्वीकार गरेका हुन् । इस्लामाबादस्थित भारतीय राजदूतलाई बुधबार चौधरीद्वारा वार्ताका प्रस्ताव गरिएको पत्र बुझइएको समाचारमा उल्लेख छ । अगस्त १९ को मिति भएको पाकिस्तानी विदेश सचिवद्वारा वार्ताको प्रस्ताव गरिएका सो पत्र राजदूतलाई बुधबार बुझाइएको बताइएको छ । दश दिनअघि पनि पाकिस्तानले गरेको वार्ताको प्रस्ताव भारतले अस्वीकार गरेको थियो । केही समयअघि भारत अधिनस्थ कश्मिरमा भुर्हान वानी नामक २२ बर्षीय एक केटा मारिएपछि भारत र पाकिस्तानबीच उत्पन्न तनावकै अवस्थामा यो प्रस्ताव गरिएको छ ।

India Pakistan

विशेष