News स्वास्थ्य

विदेश जाने कामदारको स्वास्थ्य परिक्षणमा लापरबाही गर्नेलाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको पहिलो निर्णय

विदेश जाने कामदारको स्वास्थ्य परिक्षणमा लापरबाही गर्नेलाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको पहिलो निर्णय

Gagn

भदौ १० । स्वास्थ्य मन्त्री गगन थापाले पहिलो निर्णय युवा सरोकारको विषयमा गरेका छन् । लाखौं नेपाली युवा वैदेशिक रोजगारीमा रहेकाले उनीहरुसंग सम्बन्धित विषयमा पहिलो हस्ताक्षर गरेका हुन् ।

बैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण रिपोर्ट गलत हुने गरेको विषयमा विशेषज्ञ समिति गठन भएको छ । गलत रिपोर्टकाका कारण बैदेशिक रोजगारीमा जाने धेरैले दुःख पाइरहेका छन् । सोही विषयमा स्वास्थ्य मन्त्रालयमा समेत पटक–पटक उजुरी पर्ने गरेको छ । यही विषयलाई लक्ष्य गर्दै गठित यो विशेषज्ञ समितिले छानबिन गर्नेछ । गलत रिपार्ट दिने संस्थालाई कारबाहीको दायरामा ल्याउनेछ ।

समितिमा स्वास्थ्य मन्त्रालयको तोकेको राजपत्र अंकित प्रथम श्रेणीका चिकित्सक अध्यक्ष रहनेछन् । मेकिडकल काउन्सिलका एक चिकित्सक, श्रम तथा यातायात मन्त्रालयका कानून अधिकृत, नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्ष वा प्रतिनीधि र वैदेशिक रोजगारीबाट फर्किएको मध्येबाट एक जना सदस्य रहनेछन् । वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षण भरपर्दाे र विश्वसनीय बनाउन यो निर्णय गरिएको मन्त्री थापाले बताए ।

Gagan Thapa

विशेष