विदेश

बिमाको रकम प्राप्त गर्न यस्ताेसम्म

बिमाको रकम प्राप्त गर्न यस्ताेसम्म
Knife-Bloodभदाै - १० । बीमाको पैसा पाउनको लागि भियतनामकी एक महिलाले आफ्नो हात र खुटटाको आधा भाग कटाएकी छिन् । यो घटना मे ३० को हो । बीमा कम्पनीले भने उक्त महिलालाई रेलबाट खसेको दाबी गरेको थियो । ती महिलाले आफूले बीमाको पैसाको लागि यस्तो गरेको स्वीकार गरेकी छिन् । उनी उक्त बीमा कम्पनीबाट डेढ लाख डलर असुल्न चाहन्थिन् । उनले हुवा यू को हनोई रोडमादुर्घटना भएको र त्यस पश्चात एम्बुलेन्सलाई फोन गराएकी थिइन् । तर,अस्पतालमा उनको जाँच पश्चात एम्बुलेन्स बोलाउने व्यक्तिले नै उनको हात तथा खुट्टाको आधा भाग काटेकोे रहस्य खुलेको थियो । यस घटनाको ३ महिना पछि ति महिलाले उनको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । स्थानीय सञ्चार माध्यमका अनुसार ति महिलाको कारोबार राम्रो नचलेका कारण त्यस्तो कदम उठाएको बताएका छन् । भियतनाममा यस मामलाको अत्यधिक रुपमा चर्चा चलेको छ । कोही मानिसले उनको यो कदमको नकारात्मक आलोचना गरेका छन् भने कोही मानिसले यि सम्पूर्ण कार्य गर्न उनी मजबुर रहेको दाबी गरेका छन् ।

Girl Cut Hand Insurance Vietnam

विशेष