विदेश

टर्कीमा ८ प्रहरी अधिकारीको हत्या

टर्कीमा ८ प्रहरी अधिकारीको हत्या
TurkeyTouristicMap भदाै - १० । टर्कीमा आठ जना प्रहरी अधिकारीको हत्या भएको समाचार छ । यहाँको विद्रोही संगठन पिकेकेले गरेको हमलामा उनीहरुको हत्या भएको हो । देशको दक्षिणी भागमा रहेको एक प्रहरी कार्यालयको द्वारमा पिकेकेका लडाकूले कार बम हमला गरेका थिए । सो विस्फोटमा परी अरु पनि कम्तीमा ४५ जना नागरिक नराम्ररी घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल पु¥याइएको र सो हमलास्थलमा हाल कडाई गरिएको बताइएको छ । विस्फोट शक्तिशाली रहेको प्रहरीले जनाएको छ । विस्फोटपछि कालो धुवाँको मुस्लो उडेका दृश्यहरु टेलिभिजनले देखाएका थिए । अनादोलु समाचार समितिले दिएको जानकारीअनुसार सो प्रहरी कार्यालयमा भएको बम विस्फोटबाट अधिकांश प्रहरी नै घाइते भएका छन् । उक्त दुर्घटनास्थलमा प्रहरीका एम्बुलेन्सका साथै हेलिकोप्टर पनि पठाइएको छ । सो हेलिकोप्टरबाट उद्वारका साथै थप आक्रममण नहोस भनेर निगरानी भइरहेको छ ।  पछिल्लो समयमा टर्कीमा यस्तो आक्रमण लगभग दिनहूँजसो भइरहेको छ । टर्कीमा जारी रहेको हिंसाप्रति सबैको ध्यानाकर्षण भएको बताउने गरिएको छ ।

police attact Turkey

विशेष