ओलम्पिक नजित्ने खेलाडीलाई उत्तर कोरियाका शासक किमले दिए यस्तो सजाय
भदौ - १० । उत्तर कोरियाका शासक किम जोङले ओलम्पिकमा पदक नजित्ने खेलाडीहरुलाई कारबाही गर्न आदेश दिएका छन् । उत्तर कोरियाका ओलम्पिक खेलाडी, जसले रियोमा कुनै पदक नजिती फर्किएपछि, उनीहरूको नर्कको दिन पुनः फर्किएको छ । किमले रियो ओलम्पिकमा पदक नजित्ने खेलाडीलाई कोइला खानी पठाउने आदेश भएपछि खेलाडीहरु चिन्तित बनेका छन् ।
अब रियो ओलम्पिकमा पदक नजित्ने खेलाडीले कोइला खानीमा काम गर्नु पर्नेछ । किमले पदक नजित्ने खेलाडीको रासन कार्ड पनि रद्ध गर्न आदेश दिएका छन्। उत्तर कोरियामा सबै खाध्यान्न सरकारी पसलले मात्र उपलब्ध गराउँछ। रासन कार्ड रद्ध गरेपछि खेलाडीहरू भोकमा जीवन काट्न बाध्य हुनेछन्। उनीहरूले अब किम जङले भनेपछि मात्र खाना खान पाउनेछन्। किमले त्यति मात्र नभएर खेलाडीका अभिभावककले समेत कोइला खानीमा काम गर्न पर्ने आदेश दिएका छन् ।
किम जोङले ओलम्पिकका लागि रियो उड्नुअघि आफ्ना खेलाडीलाई ५ स्वर्णको लक्ष्य दिएका थिए। तर, रियो ओलम्पिकमा उत्तर कोरियाली खेलाडीले २ स्वर्ण मात्र जितेका थिए । किम दक्षिण कोरियाले ९ ओटा स्वर्ण सहित २१ पदक जितेको पनि रिसाएका हुन् ।
उत्तर कोरियाले भने मात्र ७ ओटा स्वर्ण जितेको थियो । उत्तर कोरियाकी स्वर्ण जिताएकी जिम्न्यास्टक खेलाडीे हान्ग युन दक्षिण कोरियाकी खेलाडीसँग सेल्फी लिएकाले पनि किम रिसाएको अनुमान गरिएको छ । हान्गले मृत्युदण्ड समेतको सजाय पाउन सक्ने अनुमान गरिएको छ । सन् २०१० को विश्वकप फुटबलबाट उत्तर कोरियाली खेलाडी बाहिरिदा खेलाडीहरुले यस्तै सजाय पाएका थिए ।
Kim Jong
north Korea