News

दशैका लागि टिकट बुकिङ असोज पहिलो साताबाट

दशैका लागि टिकट बुकिङ असोज पहिलो साताबाट
Dashain_aayo1-450x293भदौ १० । दशैका लागि बसको टिकट बुकिङ असोज पहिलो साता खुल्ने भएको छ । विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले दशैका लागि १५ दिन अघि बसको टिकट बुकिङ खुल्ने जानकारी दिँदै यातायात व्यवसायीसँग छलफल भइरहेको बताए । उनका अनुसार नयाँ वसपार्क र पुरानो बसपार्कमा अग्रिम बुकिङ खुल्नेछ । टिकटमा कालोबजारी नहोस भनेर विभाग र प्रहरीको निगरानी राखिनेछ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले समेत आफ्ना प्रतिनिधिलाई कार्ड दिएर विचौलियालाई निरुत्साहित गर्ने जनाएको छ । राजधानीका १२ वटा स्थानमा अग्रिम बुकिङका लागि टिकट काउण्टरको व्यवस्था गरिने श्रेष्ठले जानकारी दिए । असोज दुई गते देखि अग्रिम टिकट बुकिङ खोल्ने मकालु यातयातले बताएको छ । अग्निले समेत दशैका लागि असोज पहिलो साता टिकट बुकिङ खोल्दैछ । नेपाल यातायात राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दशैका लागि अग्रिम बुकिङका लागि विभागसँग छलफल भइरहेको बताउँदै दुई साता अघि अग्रिम बुकिङ खुल्ने बताए । उनले केही स्थानमा भएको दुर्घटनाका कारण रुट परमिटका बारेमा छलफल भइरहेको बताउँदै यो समस्या समाधान हुनेवितिकै दशैको अग्रिम बुकिङको निर्णय हुने बताए । ’हामी यात्रुलाई सहज रुपमा गन्तब्यमा पुर्याउन तयार छौ तर सरकारले सडकको अवस्था अहिलेसम्म राम्रो बनाउन सकेको छैन,’ उनले बिजमाण्डूसँग भने,’ नारायणगढ मुग्लिन खण्ड सडकले धेरै यात्रुलाई समस्यामा पार्ने निश्चित छ । तर सरकारी निकायले सडक निर्माणमा कुनै पहल गरेको छैन ।’ उनले दशैका लागि यात्रुलाई सहज रुपमा गन्तब्यमा पुर्याउन ठूलो लगानी गरेर नयाँ वस थपिरहेको बताउँदै यात्रुप्रति संवेदनशील भएपनि सडककै कारण दुर्घटना निम्तिने र दोष यातायात व्यवसायीलाई आउने गरेको गुनासो गरे ।

dashain ticket booking khulla

विशेष