विभत्स तस्बिर मिडियामा संप्रेषण नगर्न प्रेस काउन्सिलको निर्देशन
भदौ १० । प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यममा विभत्स तस्बिर संप्रेषण नगर्न आग्रह गरेको छ ।
काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले शुक्रबार एक विज्ञप्ति जारी गरी त्रिशुली नदिमा भएको बस दुर्घटना सम्बन्धी समाचारमा मृत्यु भएका मानिसका विभत्स तस्बिरहरु सार्वजनिक भएकोमा ध्यानाकर्षण भएको समेत जनाएको छ । यस्ता तस्बिर सम्प्रेषण हुँदा समाजमा नैराश्यकता र सन्त्रास फैलिनुको साथै पत्रकार आचारसंहिता २०६० (संशोधित( २०६४) को दफा ४ (९) को उल्लङघन हुने समेत जनाएको छ ।
bivatsa tasbir naxapa press council