News

पत्रकार महासङ्घद्वारा ४ पत्रकार पुरस्कृत

पत्रकार महासङ्घद्वारा ४ पत्रकार पुरस्कृत
nepal-patrakar भदाै - १० । नेपाल पत्रकार महासङ्घले सूचनाको हक प्रयोग गरेर समाचार सङ्कलन गर्ने चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले राजधानी दैनिकका पत्रकार डिल्ली आचार्य, नागरिक दैनिककी पत्रकार चाँदनी हमाल, ओखलढुङ्गाका रमाइलो एफएमका शिव ढुङ्गाना र मकवानपुरकी पत्रकार अञ्जली थापालाई नगद रु १५ हजार र प्रमाणपत्र सहित पुरस्कृत गरेका हुन् । महासङ्घले यसअघि सञ्चालन गरेको सूचनाको हक र खोज पत्रकारिता तालिममा सहभागी भई समाचार सङ्कलन गर्ने ५० जनामध्येबाट उत्कृष्ट चार जना पत्रकारलाई छनोट गरी पुरस्कृत गरिएको हो । कार्यक्रममा अध्यक्ष विष्टले सूचनाको हक र खोज पत्रकारिताले नेपालको पत्रकारितालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै महासङ्घले आगामी दिनमा पनि पत्रकारको क्षमता अभिवृद्धि गर्न पहल गर्ने बताए । अध्यक्ष विष्टले नेपालको सन्दर्भमा सूचनाको हकसम्बन्धी विषय आम नागरिकले भन्दा पत्रकारले बढी प्रयोग गरेको भन्दै यसलाई आम नागरिकको पहुँच बढाउन भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

nepal patrakar mahasang puraskar bitaran

विशेष