News

मोटरसाइकल र साइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

मोटरसाइकल र साइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
accident भदाै - १० । पथरी–शनिश्चरे–१ स्थित जाँते मोडमा शुक्रबार मोटरसाइकल र साइकल ठोक्किँदा मोटरसाइकल चालक झापा गरामनी–८ का राजु तिम्सिनाको मृत्यु भएको छ । मे७प ४३०२ नंको मोटरसाइकल र साइकल ठोक्किँदा दुर्घटनामा परेर गम्भीर घाइते भएका तिम्सिनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिएका छन् । दुर्घटनामा साइकलयात्री पथरी शनिश्चरे–३ का तेजबहादुर राय, सोही नगरपालिका–१ का गणेश नेपाली र मोटरसाइकलको पछाडि सवार झापा गरामनी–८ का रोशन कटुवाल घाइते भएका छन् । घाइतेको स्थानीय पथरी अस्पतालमा उपचार भइरहेको छ ।

cycle mirtue motorcycle pathari

विशेष