News

स्वास्थ्य मन्त्री भएलगत्तै अायाे थापाकाे यस्ताे निर्देशन

स्वास्थ्य मन्त्री भएलगत्तै अायाे थापाकाे यस्ताे निर्देशन
gagan-thapa-nepalaaja भदाै - १० । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री गगनकुमार थापाले काठमाडौँ उपत्यका र बाहिरका जिल्लामा बिनादर्ता भएका औषधि पसललाई कारबाहीका दायरामा ल्याउन औषधि व्यवस्था विभागलाई निर्देशन दिएका छन् । औषधि व्यवस्था विभागले गरेको औषधि व्यवस्थापन कार्यक्रममा उनले भने, “बिनादर्ता सञ्चालन हुँदै आएका औषधि पसललाई एक महिना दर्ता गर्ने समय दिनुस् तर एक महिनाभित्र दर्ता नगर्ने औषधि पसललाई बन्द गर्नाका साथै सञ्चालकलाई कारबाहीको दायरामा ल्याउने कार्य सुरु गरिहाल्नुहोस् ।” मन्त्री थापाले कतै एक जनाका नाममा औषधि पसल दर्ता गरी सञ्चालन अरुले नै गर्ने गरेकाले उनीहरुलाई पनि कारबाही गर्न विभागलाई निर्देशन दिएका हुन् । औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले थोरै दक्ष जनशक्तिले धेरै काम गरिरहनुपरेको गुनासो गरे । आजैदेखि विभागद्वारा गरिने सम्पूर्ण काम औषधि उत्पादन, पैठारी, औषधि पसल दर्ता र औषधि पसल दर्ताजस्ता सम्पूर्ण काम अनलाइन पद्धतिबाट हुने जानकारी दिएका थिए ।

Gagan Thapa karbahi garine

विशेष