News

राष्ट्रपति भण्डारीले गरिन् राधाकृष्ण मन्दिरको उद्घाटन

राष्ट्रपति भण्डारीले गरिन् राधाकृष्ण मन्दिरको उद्घाटन
Bidhay-Debi-Bhandari भदाै - १० । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार लालबन्दी नगरपालिकास्थित डुमडुमे राधाकृष्ण मन्दिरको उद्घाटनपछि पूजाअर्चना गरेकी छिन् । जिविसको रु ६ लाख र स्थानीय सहयोगमा उठाइएको रु ९४ लाख बाट निर्माण सम्पन्न भएको मन्दिरमा राष्ट्रपतिले पहिलो पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभयो । कार्यक्रममा राष्ट्रपतिलाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष माधव सुवेदीले अभिनन्दनपत्र चढाएका थिए । श्रीकृष्ण जन्माष्टमीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सत्कार्यबाट विभिन्न प्रकारका नकारात्मक असरलाई न्यूनीकरण गर्दै क्रमशः अन्त्य गर्ने र उच्च मानसिकतामा पुगी सभ्य समाज निर्माण गर्न सबै पक्षलाई आग्रह गरेकी हुन् । त्यसैगरी सर्लाही क्षेत्र नं ४ मा पर्ने चन्द्रनगर गाविसस्थित दुई हजार ७०० हेक्टर क्षेत्रमा फैलिएको नाढीवन तालको पनि राष्ट्रपतिले हवाई अवलोकन गरिन । हवाई अवलोकनपछि नाढीवन ताल समितिले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारी सरिक भएकी थिइन् । उनी सरिक भएको कार्यक्रममा राष्ट्रपति चुरे संरक्षण समितिका अध्यक्ष वीरेन्द्र रायले सबैभन्दा कान्छो पहाडका रुपमा उत्पति भएको चुरे पर्वतलाई संरक्षण र सम्वद्र्धन गर्न सकियो भने मात्र समृद्ध मधेसको कल्पना गर्न सकिने बताएका थिए ।

bidhya bhandari radhakrishna mandir

विशेष