विदेश

जनताले कुटीकुटी ज्यान लिए आफ्नै मन्त्रीको

जनताले कुटीकुटी ज्यान लिए आफ्नै मन्त्रीको

boliviyaलपाज, (बिबिसी)–बोलिभियी सरकारले आफ्ना उपगृहमन्त्री आन्दोलनरत खानी कामदारहरुद्वारा अपहरण भई मारिएको जनाएको छ । लापाजबाट दक्षिणतर्फको एक स्थानबाट उपगृहमन्त्री रुडोल्फ इलानेस र उनका अंगरक्षक बिहीबार बिहान अपहरित भएको, लगत्तै मारिएको अधिकारीहरुले बताएका छन् ।

गृहमन्त्री कार्लोस रोमरोले इलानेसलाई क्रुरतापूर्वक मारिएको हुनसक्ने संकेत प्राप्त भएको उल्लेख गरेका छन् । यसैबीच, प्रहरीसँगको भिडन्तमा दुई खानी कामदार पनि मारिएका छन् । इलानेस स्थानीय समय ६ बजे कुटाइबाट मारिएको एक स्थानीय पत्रिकाले रक्षामन्त्री ला राजोनलाई उद्धृत गर्दै जनाएको छ ।

अधिकारीहरुले अझै इलानेसको शब फेला पार्न सकेका छैनन् । तर यो घटनालाई लिएर सय जनाभन्दा बढी पक्राउ परिसकेका छन् । खानी सहकारीहरुको राष्ट्रिय महासंघले यो हडताल सुरु गरेको हो । यो महासंघ कुनै समय राष्ट्रपति मोरालेसको समर्थक संस्था मानिन्थ्यो । प्रदर्शकहरुले थप अधिकार माग्दै आएका छन् । कान्तिपुर दैनिकबाट

विशेष