संसारकै मोटे बालक स्कुल जान थाले
एजेन्सी– संसारको सबैभन्दा मोटा बालक इन्डोनेसियाका आर्या परमना हुन् । उनको उमेर अहिले १० वर्ष मात्र छ तर वजन भने १९२ किलोग्राम छ । उनी अहिले पुनः विद्यालय जान थालेका छन् । उनलाई विद्यालय जान आउन समस्या भएकाले विद्यालयका शिक्षकले उनलाई घरमा नै बस्न सल्लाह दिएका थिए ।
आर्याको लगातार तौल बढ्दै जादा उनको परिवारका सदस्य चिन्तित बनेका छन् । यसै क्रममा उनलाई एक जना न्यूट्रिसियनको मद्यतले उनकोे परिवारले डाइटको प्लानका साथै व्यायाम गर्न सल्लाह दिएका थिए । केहि महिनाको व्यायाम तथा मेहनतले आर्याका वजनमा केही कमी आएकाले उनी विद्यालय जान थालेका हुन् । आर्या पुन विद्यालय जान पाउँदा खुसी भएका छन् र उनी अहिले साथीसँग पढाइसँगै खेल पनि खेल्ने गरेका छन । उनले दिनमा पाँच पटक खाना खाने गर्दछन् । उनको खानामा चामलको भात, माछा, फलफूलको जुस, मासु आदि हुन्छ । उनले दुई जना मानिसले खाने खाना एक्लैले खाने गर्दछन् ।
आर्याको मोटोपनका कारण उनका बाबुआमाले उनको कपडा लगाइदिन समस्या हुने गर्छ । यहि कारण उनलाई सारोंग अर्थात दक्षिण पूर्वी एसियामा लगाइने एक प्रकारको कपडा लगाई दिने गर्दछन् । मोटोपनाका कारण आर्याको नाम संसारभर चलेको छ । तर, उनका बुबा आमा भने खुसी छैनन् । उनीहरुलाई यो डर छ की मोटोपनाका कारण उनीहरुले आफ्नो छोरा गुमाउन नपरोस । अहिले भने आर्याले केही वजन घटाएर आफ्ना परिवारलाई खुसी दिएका छन् ।