विदेश

चीनको होटलमा पाकिस्तानी नागरिकले कोठा नपाउने

चीनको होटलमा पाकिस्तानी नागरिकले कोठा नपाउने
china vs pakistan भदौ ११ । पाकिस्तानसँग मित्रताको कसम खाएको चीनले अब देखि आफ्नो देशको होटलहरुमा पाकिस्तानी नागरिकलाई कोठा नदिने भएको छ । केही समय यता आंतकबादी समस्यालाई लिएर विश्वको माहोल नै त्रासयुक्त हु्ँदा यसको असर चीनमा पनि परेको छ । चीनको ग्वांगझु शहरको होटलमा पाँच मुस्लिम देशका नागरिकलाई कोठा दिन रोक लगाइएको थियो । तर, चीनको विदेश मन्त्रालयले भने यसको बारेमा कुनै सूचना प्राप्त नभएको जनाएको छ । ग्वांगझु शहरको होटल संचालक भने प्रहरीले पाकिस्तान, सिरिया, इराक, टर्की र अफगानिस्तानबाट आएका मानिसलाई कोठा नदिन आग्रह गरेको बताएका छन् । यि सबै देशहरु केही बर्ष देखि आंतकबादी गतिविधिको क्रियाकलापमा संलग्न रहेका छन् । सिरिया, इराक तथा पाकिस्तान भने आंतकबादीका साथै गृह युद्धमा समेत संलग्न रहेका छन् । यही कारणले पनि उक्त शहरको होटलहरुमा ति देशका नागरिकलाई कोठा नदिएको बताइएको छ । ग्वाग्झुमा यहि आउदो हप्ता विकासका लागि एक उच्च स्तरिय बैँठक हुदैछ । केही दिन पछि ग्वांग्झुबाट एक हजार किलोमिटरको दुरीमा रहेको हांग्झु सहरमा २० देशका ठूला नेताहरुको सम्मेलन पनि हुँदैन । चीनका विदेश विभागका प्रवक्ता लू कांगका अनुसार सम्बन्ध प्रगाढ बनाउन चीनले अर्काे देशलाई सहुलियत दिने नीति रहेको बताएका छन् । तर ग्वांग्झुका प्रहरीले यसबारेमा केही प्रतिक्रिया दिएका छैनन् । यस विभागले होटलहरुलाई निर्देशन दिने जिम्मेवारी रहेको छ ।

chin le kotha diyena China pakiskistan

विशेष