विदेश

सिरियाकाे मुद्धामा रुस र अमेरिका सम्झौता नजिक

सिरियाकाे मुद्धामा रुस र अमेरिका सम्झौता नजिक

भदौ ११ । अमेरिकी विदेश मन्त्री जोन केरीले उनी र रुसका विदेशमन्त्री सर्गेइ लेवरोव बीच कैयौँ मुद्धामा सहमति बनेको र मात्र केही छोटो मामिला सुल्झन बाँकी रहेको बताएका छन् । जेनेभामा सिरिया मुद्धाको बारेमा जोन केरी र सर्गेइका बीच छलफल भएको थियो । उनीहरुबीच केही महिना देखि सुरु भएको सघंर्षको बारेमा फेरी विराम लगाउने तरिकाको बारेमा चर्चा भएको थियो । केरीका अनुसार ति दुई जना लगभग सम्झौताका नजिक पुगेका छन् । यो बार्ता त्यस्तो समयमा भएको हो जब दमाश्कसको उपनगरको चार वर्षको घेराबन्दीमा सरकारले विद्रोहीको मुक्त गराएको थियो । १२ घण्टा चलेको बैठकमा अहिले नमिलेको मामिला आउदो दिनमा मिलाउदै जाने पनि केरीले बताएका छन् । केरीले सिरियाको समस्याको लागि राजनीतिक सम्झौता महत्वपूर्ण रहेका पनि बताएका छन् ।

America russya

विशेष