News

'विश्वासका आधारमा आपसी सम्बन्धलाई अगाडि बढाउने' - परराष्ट्रमन्त्री महत

'विश्वासका आधारमा आपसी सम्बन्धलाई अगाडि बढाउने' - परराष्ट्रमन्त्री महत

भदाै - ११ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले राष्ट्रिय स्वार्थलाई सुरक्षित गर्दै विश्वासका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धलाई अगाडि बढाउने बताएका छन् ।

रिपोटर्स क्लबले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले, 'दुई छिमेकी मुलुकले गरेको विकासबाट हामीले फाइदा लिनसक्नुपर्छ, विश्वासका आधारमा आपसी सम्बन्धलाई अगाडि बढाएर नै नेपाल समृद्धिको बाटोमा अगाडि बढ्छ ।' आफूले अर्थतन्त्रको मुख्य सूचक बनेको वैदेशिक रोजगारलाई प्राथमिकता दिने जानकारी दिँदै मन्त्री महतले विदेशमा बसेका नेपालीको सुरक्षा हाम्रो प्राथमिकता हो भनेका छन् ।

भारत, चीनलगायतका मुलुकमा राजदूत नियुक्तीलाई प्राथमिकताका साथ अगाडि बढाउने उल्लेख गर्दै उनले सरकारले जनताको विश्वास जितेर काम गर्ने दाबी गरेका छन् । नेपाली काँग्रेस र माओवादी केन्द्रबीच भएका प्रतिवद्धता तथा समझदारीलाई कार्यान्वन गर्न सरकारले विशेष प्राथमिकता दिने उल्लेख गर्दै मन्त्री महतले संविधानको कार्यान्वयनका लागि सबैसँग सहमति गरेर अगडि बढ्ने बताएका हुन् । उनले भने,“ संविधान कार्यान्वयनको विषय प्रतिपक्ष र सत्तापक्ष भन्दा पनि संसद्को विषयमा हो, सबैको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ ।”

prakash sharan mahat

विशेष