News

प्रसूति अस्पतालबाट १८ हजारले सुत्केरी गराए

प्रसूति अस्पतालबाट १८ हजारले सुत्केरी गराए
Thapathali-Prasuti-Griha भदाै - आमा सुरक्षा कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७२-७३ मा परोपरकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट १८ हजार ९७ जनाले सुत्केरी सेवा प्राप्त गरेका छन् । ती मध्ये सामान्य प्रसूति सेवा ११ हजार १८० जना र दुई हजार १६९ जनाले जटिलतायूक्त प्रसूति सेवा प्राप्त गरेका छन् । त्यस्तै शल्यक्रिया गरी सुत्केरी हुनेको सङ्ख्या चार हजार ५४८ भएको अस्पतालका निर्देशक डा जागेश्वर गौतमले जानकारी दिएका छन् । अस्पतालमा पाठेघर खसेर १३० जनाले शल्यक्रिया गराएका थिए भने पाँच महिलाले पाठेघर क्यान्सर सम्बन्धी निःशुल्क उपचार प्राप्त गरेको अस्पतालले जनाएको छ । प्रसूति तथा स्त्री रोगसम्बन्धी समस्या भएका ५६४ जना गरिब, अति गरिब र असहाय बिरामीले सेवा लिएको निर्देशक डा गौतमको बताएका छन् । सरकारले मुलुकभरिका सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमा आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ । यो कार्यक्रम अन्तर्गत सुत्केरी महिलाका लागि औषधिलगायत सबै सेवा निःशुल्क दिइने प्रावधान छ । अस्पतालमा सुत्केरी गराउनेलाई न्यानो झोला र यातायात खर्चबापत भत्तासमेत उपलब्ध गराउँदै आएको छ । सो अन्तर्गत सुत्केरीलाई हिमाली जिल्लामा रु. एक हजार ५००, पहाडी जिल्लामा रु एक हजार र तराईका जिल्लामा रु ५०० दिने व्यवस्था छ ।

prashuti garaune bade sutkeri

विशेष