News

स्वास्थ्य मन्त्री थापाले ‘जनता क्लिनिक’ स्वास्थ्य परीक्षण गराए

स्वास्थ्य मन्त्री थापाले  ‘जनता क्लिनिक’ स्वास्थ्य परीक्षण गराए

 भदाै - ११ । स्वास्थ्यमन्त्री गगन थापाले शनिबार ‘जनता क्लिनिक’ मा जनतासँगै आफ्नो स्वास्थ्य परीक्षण गराएका छ्न् । आफ्नो संसदीय निर्वाचन क्षेत्रमा स्थापना गरेको कार्यालयले शनिबार आयोजना गरेको क्लिनिकमा उनले स्वास्थ्य परीक्षण गराएका हुन् । मन्त्री थापा काठमाडौँं क्षेत्र नम्बर– ४ वाट संसद्मा निवार्चित भएका हुन्  ।

मन्त्री थापाकै अवधारणामा तीन महिनाअघि क्लिनिक सुरु भएको थियो । कार्यालयका प्रमुख रोहित पौडेलले भन्नुभयो,‘‘ हरेक महिनाको पहिलो शनिबार क्लिनिक सञ्चालन हुने गरेको छ । तर यसपल्ट प्राविधिक कारणले पछि सरेको हो ।’’ बूढानिलकण्ठस्थित श्री जयभद्रकाली प्राथमिक विद्यालयमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको क्लिनिकमा ७६ जना वयस्क र ८७ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

Gagan Thapa janata clinic ma jach garaye

विशेष