विदेश

बाँसको डोलीमा बोकेर पत्नीलाई घाट

बाँसको डोलीमा बोकेर पत्नीलाई घाट
lass भदौ ११ । भारतको उडिसाको एक अस्पतालमा पैसाको कमी र अस्पतालबाट कुनै सुविधा उपलब्ध नगराएका कारण एकजना पुरुषले आफनी पत्नी त गुमाए यसका साथै उनले अस्पतालबाट एम्बुलेन्स उपलब्ध नगराएकाले आफनी पत्नीलाई १० किलो मिटर टाढा सम्म बोकेर लगे । यो घटनाको अघिल्लाे दिन उडिसाकै बालासौरमा एक महिलाको लासलाई बाँसको डोलीमा बोकेर अस्पताल लगेको समाचार तथा तस्बीर बाहिर आएको थियाे । बुधबार उडिसाकी ८० वर्षिय एकल महिला सालामली बेहेराको मृत्यु भएको थियो । उनको मृत्यु पश्चात उनलाई स्थानिय सामुदायिक अस्पतालमा लगिएको थियो । अस्पतालले एम्बुलेन्सको सुविधा नभएपछि उनको शवलाई १३ घण्टा पछि पोष्टमार्टमका लागि लैजान लागिएको थियो । तर, त्यहाका कर्मचारीले एम्बुलेन्स उपलब्ध नगराए पछि वृद्धाको लासलाई कम्मरको हड्डी भाचेर पोस्टमार्टमको लागि सरकारी अस्पताल लगिएको थियो । स्थानीय इन्सपेक्टर प्रताप रुद्रले करिब ३० किलोमिटर टाढा लैजान एक ड्राइभरलाई बोलाए पनि उसले ३५०० रुपैया मागेको थियो । पैसाकाे ब्यवस्था हुन नसकेका कारण उनले सामुदायिक अस्पतालका कर्मचारीसँग मद्दत मागेका थिए । फेरी त्यहाबाट दुई किलोमिटर टाढा रेल स्टेशनमा लिएर गए र त्यहाबाट लासलाई पोष्टमार्टमको लागि सरकारी अस्पताल लगेका थिए ।

india death body

विशेष