News

वाग्मती नदीमा र्याफ्टिङ्ग

वाग्मती नदीमा र्याफ्टिङ्ग
  trisuli भदाै - ११ । पुडासैनी मैत्री समाजको नेतृत्वमा संचालन भैरहेको वाग्मती सफाइ अभियानको १३३ श्रृङ्खला तथा १६ औँ जलजात्राको सन्दर्भमा शनिबार बिहान वाग्मती नदीमा र्याफ्टिङ्ग कार्यक्रमको आयोजना गरियो । वाग्मती सफाइ महाअभियानको १७२ र समाजले आयोजना गरेका १३३ औँ श्रृङ्खलाका अवसरमा मुहानदेखि नै वाग्मती सफा राख्न आग्रह गर्दै जोरपाटीस्थित हत्यमोचनघाटदेखि गुह्येश्वरी मन्दिर छेउसम्मको जम्मा ३.५ किमीको दुरीमा र्याफ्टिङ्ग गरिएको हो । कार्यक्रममा २१ वटा बोटमा १७० जनाले जलविहार गरेका थिए । विभिन्न सांसद, देशका राजदूत, प्रहरी र सेनाका उच्च पदस्थ अधिकारीलगायत ठूलो सङ्ख्यामा स्थानीयको सहभागिता नियमित नदी सफाइ कार्यक्रम समेत गरियो ।

bagmatima rafting

विशेष