
भदाै - ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्व मुलुकको सुन्दर सांस्कृति धरोहर भएको बताएकी छिन् ।
शीतलनिवासस्थित राष्ट्रपति कार्यालयद्वारा शनिबार आयोजना गरिएको तीज तथा जितीया पर्व विशेष सांस्कृतिक कार्यक्रममा उनले नेपालको सांस्कृतिक विविधताले नेपालीबीच एकता कायम गर्न सफल भएको बताइन् ।

राष्ट्रपति भण्डारीले भनिन्–'नेपालका चाडपर्व सुन्दर सांस्कृतिक धरोहर हुन्, जसले नेपालीबीचका एकतामा सुदृढ बगैँचाका रुपमा ल्याएको सफल भएको छ ।'

उनले चाडपर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव, भाइचारा र मित्रताको सुभाष छाइरहेको छ र आगामी दिनमा पनि छाइरहनेमा आफू पूर्ण विश्वस्त रहेको बताएकी छिन् ।
राष्ट्रपति भण्डारीले देशमा मनाइने चाडपर्वले मुलुकको संस्कृति, कला वेशभूषा र कला संस्कृतिलाई समृद्ध बनाएको उल्लेख गर्दै उनले – 'नेपाली उर्भर माटोमा फलेका फुलेका सबै चाडपर्वमा आफ्नै मौलिकता तथा विशेषताहरु छन्, बदलिँदो परिवेशमा सबै प्रेरणादायी बन्न सकुन् ।'

राष्ट्रपति भण्डारीले विगतको समीक्षा गर्दै कमीकमीजोरी हटाउँदै असल र महान् कार्यका लागि यी चाडपर्वले हौसला प्रदान गरुन् भन्ने कामनासमेत गरेकी छिन् ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्वमन्त्रीहरु, सांसदहरु, राजनीतिक दलका नेतृहरु, कलाकारहरुको उपस्थित रहेको थियो ।

सो अवसरमा नेपाल सांस्कृतिक संस्थान, नेपाल निजामती कर्मचारी सङ्घ, सैनिक श्रीमती सङ्घ, प्रहरी परिवार श्रीमती सङ्घले तीजसँग सम्बन्धित विशेष सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
ayojana
bidhya bhandari
sital niwas
Teej