विदेश

एक गोदामघरमा आगलागी हुँदा १६ को मृत्यु

एक गोदामघरमा आगलागी हुँदा १६ को मृत्यु
Flames are seeen after a fire broke out at residential Sulafa tower in the upscale Marina district in Dubai July 20, 2016. REUTERS/Ahmed Jadallah भदाै -  ११ । रसियाको राजधानी मस्कोको उत्तरपूर्वी इलाकामा अवस्थित एक गोदामघरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको शनिबार स्थानीय सञ्चारमाध्यमले बताएका छन् । मृतकमध्ये सबै किर्गिज नागरिक रहेको बताइएको छ । घटनामा चारजना अन्य घाइते भएका छन् । आगलागी भएको भवनबाट १२ जनालाई सकुशल उद्धार गरिएको रिया नोवोस्ती न्यूज एजेन्सीले बताएको छ । घटनाको प्रारम्भिक अनुसन्धानबाट गोदामघरमा विद्युत् लाइनमा समस्या हुँदा आगलागी भएको र आगलागीबाट निस्किएको धुँवाका कारण गोदामभित्र रहेका मानिसले बाहिर निस्कने बाटो पहिल्याउन कठिन भएको हुन सक्ने बताइएको छ । धुँवाको कारण श्वासप्रश्वासमा बाधा भई उनीहरुले ज्यान गुमाएका हुन सक्ने पनि रसियाली सुरक्षा स्रोतले बताएको छ । गोदाममा लागेको आगलागी शनिबार नै नियन्त्रणमा आएको छ । घटनाको सम्बन्धमा आवश्यक कानुनी अनुसन्धानलाई अगाडि बढाइसकिएको रसियाली सुरक्षा अधिकारीले जनाएका छन् ।

Death Fire Russia

विशेष