News

'माफिया र राजनीतिज्ञको दबाब कायमै' - प्रधानन्यायाधीश कार्की

'माफिया र राजनीतिज्ञको दबाब कायमै' - प्रधानन्यायाधीश कार्की
shushila karki भदौ ११ । प्रधानन्यायाधीश सुशीला कार्कीले अदालतमा बिचौलियाको चलखेल कम हुँदै गए पनि ठूला माफिया र राजनीतिज्ञको दबाब कायमै रहेको बताएकी छिन् । पुनरावेदन अदालत विराटनगरले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले त्यस्तो दबाब हटाउन न्यायाधीश र कानुन व्यवसायी सबै इमानदार हुनुपर्ने बताइन् । उनले अझै पनि राजनीतिज्ञहरू अदालतप्रति अपेक्षाकृत सकारात्मक हुन नसकेको भन्दै ठूला माफियाहरूले पहुँचको दुरुपयोग गरेर न्याय क्षेत्रलाई भ्रष्ट बनाइरहेको जिकिर गरिन् । घुस र चलखेल कायमै प्रधानन्यायाधीश अदालतमा अझै घुसको बिगबिगी रहेको बताइन् । नक्कल दिँदा घुस लिने, घुस लिएर नहार्ने मुद्दा हराउने तथा हार्ने मुद्दा जिताउने चलखेल कायम रहेकाले न्याय क्षेत्रमा चाहेजस्तो सुशासन कायम हुन नसकेको उनको भनाइ थियो । कार्कीले दबाब दिने र संरक्षण गर्नेले न्यायाधीशहरूलाई मुद्दा प्रभावित बनाउन आग्रह गर्ने गरेको अनुभव आफूसँग पनि रहेको सुनाइन् । ‘तिमीले त्यो मुद्दा नहर्दिादा भैगयो नि भनेर इशाराले प्रेसर गर्नेहरू पनि धेरै हुँदारहेछन्,’ उनले भनिन्, ‘न्याय क्षेत्रमा रहेको यस्तो विकृति अन्त्य गर्न नसके पहुँचहीन गरिबहरू न्याय नपाई मर्ने, समन्याय र समानता नष्ट भएर समाजमा द्वन्द्व मात्र कायम रहने अवस्था आउँछ ।’

Pradhan Nyayadish shushila karki

विशेष