News

समयमा अधिवेशन गर्न नेवि संघले जागरण अभियान गरिने

समयमा अधिवेशन गर्न नेवि संघले जागरण अभियान गरिने

११ भदौ । नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न दबाबस्वरुप जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । दुई दिन लामो चलेको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनपछिको पहिलो बैठकले लामो समयदेखि स्ववियु निर्वाचन नभएको भन्दै दबाब दिन जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेवि सङ्घका महामन्त्री कुन्दनराज काफ्लेले विभिन्न विश्वविद्यालयमा नियुक्त गरिने उपकुलपति, शिक्षाध्यक्षलगायत नियुक्त गर्दा भागबन्डाको आधारमा भन्दा प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने निर्णय गरेको जानकारी दिनुभयो । यस्तै बैठकले नेवि सङ्घको ११औँ महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, महाधिवेशन निर्देशन समितिका संयोजक डा प्रकाशशरण महत सदस्य गोविन्द भट्टराई, किशोरसिंह राठौर, गुरुराज घिमिरे, प्रदीप पौडेल र निवर्तमान सभापति रञ्जीत कर्ण र उहाँका कार्यसमितिलाई धन्यवाद दिएको छ । यसैगरी कानुनभन्दा धेरै शुल्क लिएर कक्षा सञ्चालन गरेका विद्यालयमाथि छानबिन गरी कारबाही गर्न पहल गर्ने निर्णय गरेको छ । रासस

Nebi Singh

विशेष