विदेश

अमेरिकामा बन्दुकको विरोधमा सेक्सटोय प्रदर्शन

अमेरिकामा बन्दुकको विरोधमा सेक्सटोय प्रदर्शन
भदौ – ११ । अमेरिकाको टेक्सास युनिभर्सिटीका करिब चार हजार पाँच सय छात्रा यौन खेलौना अर्थात सेक्सटोय बोकेर प्रदर्शनमा उत्रेका छन् । sex-toy-texas-NEWS बिबिसीका अनुसार क्याम्पसमा अगस्ट १ देखि बन्दुक राख्न पाउने नयाँ कानुनका विरुद्ध सेक्सटोय बोकेर प्रदर्शनमा उत्रिएका हुन् । क्याम्पसमा सेक्सटोय राख्न भने कानुनले निषेध गरेको छ । अमेरिकामा सन् २०१५मा क्याम्पस तथा स्कुलमा मात्र ६४ गोली काण्ड भएको थियो । यस्ता घटनामा थुप्रै विद्यार्थीको मृत्यु हुने गरेको छ । अभियान सुरु गर्ने छात्रामध्ये एक जेसिका जिन अमेरिकी नागरिकमा बन्दुक संस्कृति हावी भएको बताउँछिन् । गोली काण्डका त्रासद र दुःखद घटना अमेरिकीहरु हप्ताभरमा बिर्सने गरेको उनको भनाई छ । Sex Toy यालीमा सहभागी भएकी एक जेसिका जिन अमेरिकी नागरिकले भनिन् , ’हामी बन्दुक संस्कृति हावी भएको र मानिसहरुले गोली काण्डका त्रास र दुःख गम्भिरतापूर्वक सोचुन् भन्ने चाहन्छौं, कुनै हिंसा नगर्ने सेक्सटोय राख्नु गैराकानुनी हुन्छ भने क्याम्पसभित्र बन्दुक राख्नु कदाबी उचित हुँदैन । ’

America America attack Sex Toy

विशेष