News

गोर्खा सैनिककाे समस्या समाधानका लागि प्रधानमन्त्रीलाई आग्रह

गोर्खा सैनिककाे समस्या समाधानका लागि प्रधानमन्त्रीलाई आग्रह
भदौ - ११ । बेलायती सेनाका पूर्वगोर्खा सैनिकको टोलीले आफूहरुमाथि बेलायत सरकारले विभेद गरेको भन्दै बेलायत सरकारसँग वार्ता गरी समस्या समाधान गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरेको छ । Nepali Britis Army-gorkhali army प्रधानमन्त्री निवास बालुवाटारमा आज पूर्वगोर्खा सैनिकको टोलीले भेट गर्दै आफूहरुको जायज माग सम्बोधन गर्न कूटनीतिक पहल गरिदिन प्रधानमन्त्री दाहाललाई आग्रह गरेको हो । प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएका गोर्खा सैनिकका अगुवा कृष्णबहादुर राईका अनुसार २५ वर्षदेखि आफूहरु बेलायत सरकारसँग वार्तामा बसेपनि समस्या समाधान नभएकाले सरकारी तहबाटै वार्ता गरी समस्या समाधानको पहल गर्न आग्रह गरिएको हो । पूर्वबेलायती सैनिकको एकैस्तरको पदमा बसेर काम गर्दा पनि नेपालीलाई तलब कम दिइने, कैयौँ विभेद र असमानता रहेको, नेपालसमेत रहेको त्रिपक्षीय सन्धिअनुसार भर्ती गरिएको गोर्खा सैनिकलाई अधिकार दिलाउन प्रधानमन्त्रीलाई आग्रह गरिएको राईले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्री दाहालले गोर्खा सैनिकका मागका सम्बन्धमा पटक–पटक कुरा उठाइसकेको बताउँदै जायज माग सम्बोधन गर्न कूटनीतिक पहल गरिने बताए । प्रधानमन्त्रीले जायज माग सम्बोधन गर्न आफ्नो ठाउँबाट आवश्यक पहल गर्ने बताउनुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले बताए । रासस

Gorkha Army ] Gorkha Sainik Nepal-British Army

विशेष