ताजा खबर राजनीति News

पूर्वमन्त्री गोरेबहादुर खपांगीको निधन

पूर्वमन्त्री गोरेबहादुर खपांगीको निधन

Kapangi भदौ १२ । पुर्वमन्त्री तथा वामपन्थी नेता गोरे बहादुर खपांगीको निधन भएको छ । २०७० वैशाख १२ गते मोटरसाईकलले ठक्कर दिएपछि उनी घाईते भएका थिए । त्यतिबेला देखि नै अचेत अवस्थामा रहँदै आएका थिए । न्युरो अस्पताल बाँसबारीमा उपचार गराइरहेका खपांगीको शनिबार १० बजे राती निधन भएको छ । कुनै समय निकै चर्चित वाम नेताको रुपमा चिनिएका खपांगी पछिल्लो समय जनजाति नेता हुँदै राजावादी समेत बनेका थिए । उनले आफ्नै नेतृत्वमा छुट्टै पार्टी समेत गठन गरेका थिए ।

पछिल्लो समयमा खपांगीले लिबरल डेमोक्रेटिक पार्टी गठन गरेका थिए । तीन वर्षदेखि उपचाररत रहँदा निकै आर्थिक समस्या झेल्नु परेको थियो । जनजाति समुदायको आर्थिक सहयोगमा सिंगापुरमा समेत उनको उपचार भएको थियो । राजधानीकै, अन्नपुर्ण अस्पताल, नर्भिक र पछिल्लो समय न्युरोमा वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाको निगरानीमा उनको उपचार भईरहेको थियो । खपांगीको परिवारमा श्रीमती सहित, दुई छोरी र दुई छोरा रहेका छन् ।

Gore Bahadur Khabangi

विशेष