News

श्रीलंकामा नेपालीले मृत्यु दण्ड पाएको खबर नै छैन सरकारलाई

श्रीलंकामा नेपालीले मृत्यु दण्ड पाएको खबर नै छैन सरकारलाई

भदौ १२ । लागूपदार्थ कारोबार गरेको अभियोगमा वर्षौदेखि श्रीलंकमा जेल सजाय भोगिरहेका दुई नेपालीको अवस्थाबारे सरकार अनविज्ञ देखिएको छ ।

पाटन ललितपुरका चेतबहादुर थापा र धादिङ सत्यदेवी गाविसका सुकबहादुर तमाङ श्रीलंकामा अहिले जेल जीवन व्यतित गरिरहेका छन् । श्रीलंकाली लागूऔषध ब्यूरोले ७९.८४ ग्राम शुद्ध हिरोइन बोकिरहेको अवस्थामा ६३ वर्षीय थापालाई सन २००९ सेप्टेम्बरमा पक्रेको थियो । त्यसलाई उनीविरुद्ध त्यहाँको प्रहरीले केन्डीस्थित उच्च न्यायलयमा मुद्दा चलाएको थियो । अनुरोधबारे अदालतकको अन्तिम धारणा सार्वजनिक भएको छैन । अन्नपूर्ण पोस्टबाट

विशेष