राजनीति News

केन्द्रमा रोल्पा–रुकुमका नेताकै हालीमुहाली, जिल्ला जस्ताका त्यस्तै !

केन्द्रमा रोल्पा–रुकुमका नेताकै हालीमुहाली, जिल्ला जस्ताका त्यस्तै !

भदौ १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको पहिलो दिन नै माओवादीको हेडक्वाटर बैठक बस्यो । किनकी त्यही दिन नै माओबादी कोटाबाट मन्त्री बन्नेहरुको नाम टुंगो लगाउन बैठक बसेको थियो । बैठकमा सम्भावित मन्त्रीका नाम र विकल्प बारेमा छलफल सुरु भयो । तर हतारो भएकाले नाम छिट्टो टुंगो लगाउनु पर्ने भन्दै तत्कालका लागि ३ जनाको नाम प्रस्तुत गरे, कृष्णबहादुर महरा, दलजित श्रीपाली र गौरीशंकर चौधरी ।

तीमध्ये उपप्रधान तथा अर्थमन्त्री महरा प्रस्तावित भए खेलकुद मन्त्रीमा श्रीपाली र कृषि मन्त्रीमा चौधरी । अध्यक्षको सूचीमा परेका महरा रोल्पा र श्रीपाली रुकुमका हुन् भने चौधरी कैलालीका । त्यस बैठकमा सहभागीहरुले महराको नामप्रति असहमति जनाउन खोजेका थिए । सहभागी मध्येका एक नेताका अनुसार कोहीले त जुन सरकारमा पनि रोल्पा–रुकुमले मात्र प्राथमिकता पाउनुपर्छ भन्ने छ र ! भन्दै असहमती प्रकट गर्न चाहेको बर्ताए । तर प्रचण्डले बाध्यता बुझिदिन आग्रह गरेपछि सबै चुपचाप लागे ।

माओवादी अहिले सत्तारोहणको छैटोैपटक हो । यसअघि दुइपटक आफ्नै पाटीको नेतृत्वमा र तीनपटक गिरिजाप्रसाद कोइराला, झलनाथ खनाल र केपी ओलीको नेतृत्वमा सरकारमा सहभागी भइसकेको छ ।

माओबादी केन्द्र त्यही पार्टी हो जसले संगठनको रुप, सेना र संघर्षको रुप युद्ध भन्दै २०५२ फागुन १ बाट संघर्ष थालेको थियो । त्यसअघि नेकपा मशाल, सर्वहारावादी श्रमीक संगठन चौथो महाधिवेशन र विद्रोही मशाल विच एकता गरी मंसिर २०४८ मा चितवनको माडीमा एकता महाधिबेशन भयो । माओवादीले त्यसबेला वर्ग, क्षेत्र, लिंग समुदाय, जाति, लिंगबीच ठुलो विभेद रहेको भन्दै जनयुद्ध सुरु गर्ने निणर्य गर्यो । यो निर्णय कार्यान्वयन गर्न तीन वर्ष लाग्यो । जनयुद्ध कालभरको मात्र के कुरा शान्ति प्रक्रियामा आएपछि पनि माओवादीले समाबेशी र समानुपातिक सत्ता स्थापना गर्ने नारा उराल्नमा कुनै कसर बाँकी राखेको छैन । तर उसको समावेशी शैली कस्तो छ भन्ने घुमिफिरी रोल्पा–रुकुमका नेताहरुले धेरै जसो अवसर पाइरहका छन् ।

२ जिल्लाबाट ४० जनालाई अवसर

७ मंसिर २०६२ मा सात दल र माओवादीबीच १२ बुँले समझदारी, १३ वैशाख ०६३ मा माओवादीका तर्फबाट युद्धविराम ५ मंसिरमा सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भए संगै हाल दुई जिल्ला रुकुम र रोल्पाबाट ४० जनाले अवसर पाएका छन् ।

बाहिरबाट हेर्दा सत्ताको अवसरमा रोल्पा र रुकुमले बर्चस्व जमाएको भए पनि भित्र–भित्र उनीहरुबीच फाटो पनि छ । द्वन्द्वकालमा पनि रोल्पा र रुकुम बिच प्रतिस्पर्धा–विवाद परिरहन्थ्यो । कतिसम्म भने रोल्पाका कुनै नेतालाई महत्वपूर्ण जिम्मेवारी पाउनु पर्ने भन्दै रुकुमा नेता–कार्यकर्ता चिढिन्थे । रोल्पाली नेता कार्यकर्ताको मनोविज्ञान पनि त्यही थियो । रुकुम र रोल्पाका कृष्णबहादुर महरा र जनार्दन शर्मालाई मन्त्रीहुनबाट रोक्न केही नो दिलोज्यान दिएर लागिपरेको समेत बुझिएको छ । यसअघि केपी ओलीको सरकारमा पनि महरालाई गृहमन्त्री बन्नबाट रोकेर जाजरकोटका शक्तिबहादुर बस्नेतलाई लगिएको थियो । नेपालबाट

Maosist Kendra

विशेष