ताजा खबर विदेश

मुस्लिमले कुरान जलाए, हिन्दुले दुःख पाए

मुस्लिमले कुरान जलाए, हिन्दुले दुःख पाए

Muslim भदौ १२ । भारतसँग सीमा जोडिएको पाकिस्तानको घोटकी सहरमा अशोक कुमार आफ्नो झोला मिलाउँदै थिए । आफ्ना छिमेकी तथा सिन्ध प्रान्तमा अर्को हिन्दु जसरी नै उनी भारत जान तयारी गरिरहेका थिए । अशोक कुमारले भने, ‘मेरा चार छोरी छन, म डराइरहेको छु कि एकदिन उनीहरूलाई अगवा गरेर जबर्जस्त मुसलमान बनाइनेछ ।

यसपछि उनीहरूको विवाह मुस्लिमसँग गरिदिइनेछ ।’ पछिल्ला केही वर्षदेखि यहाँ मुस्लिम र हिन्दु एकसाथ शान्तिपूर्वक बस्दै आएका थिए । यिनीहरूका भाषा, संस्कृति र परम्परा एउटै थियो । तर, कट्टरताले सबै खत्तम पारिदियो । कट्टरताको जरो यति गहिरो हुँदै गयो कि सबै साझा मूल्य बिग्रिए । शत्रुता बढ्दै गयो र सद्भाव खत्तम भयो । तनाव यसकारण भयो कि अशोक कमार आफ्नो देशै छाड्न विवश छन् । केहि सातादेखि यहाँ तनावले चरम रूप लिएको छ । अशोकको सानो गाउँ द्वन्द्वको छायामा छ । जुलाइको अन्त्यमा यहाँ मुस्लिम उपाशक बिहानबिहानै मस्जिदमा नमाजका लागि भेला भएका थिए । यिनीहरूले त्यहाँ जलेको कुरानको पाना भेट्टाए । यस विषयमा दोषीको पहिचान तत्काल भइसकेको थियो । त्यस व्यक्तिको नाम उवेदुल्लाह थियो । ऊ हिन्दु थियो, जसलाई केही महिना पहिले इस्लाममा रूपान्तरण गरिएको थियो । भनिइँदै छ, ऊ लागूऔषधको कुलतबाट पीडित थियो र उसको मानसिक स्थिति ठीक थिएन ।

यस निन्दाको विषयमा प्रहरीले उबेदुल्लाहलाई पक्राउ गयो, तर उसको हिन्दु पहिचान समाप्त भएको थिएन । ऊमाथि जुन आरोप तय गरियो, त्यो हिन्दु नाम अमर लालमाथि थियो । यो उनीहरूको लागि अकल्पनीय थियो कि कुनै मुस्लिम पनि यस प्रकारको अपराध गर्न सक्छ । यस्तोमा उसको अपराध हिन्दु पहिचानबाट अलग भएन । यो समाचार जंगलमा आगो जसरी फैलियो ।

यसलाई लिएर मुस्लिमको रिस बढ्यो । रातमा स्थानीय मस्जिदबाट माइकमा घाषणा गरियो । पसलहरू बन्द गरिए र ठूलो संख्यामा शत्रुताको भावनबाट ग्रस्त भीडले राष्ट्रिय राजमार्ग बन्द गरिदियो । भयानक ट्राफिक जाम भयो । उनीहरूले हिन्दुले कुरान जलाएको बताए । राजधानी दैनिक

Kuaran

विशेष