सार्वजनिक जग्गा राजनीतिक दललाई नदिन सरकारसँग माग
भदौ - १२ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक जग्गा राजनीतिक दललाई दिने निर्णय खारेज गर्न सरकारसँग माग गरेको छ ।
ट्रान्सपरेन्सी नेपालले एक विज्ञप्ति निकालेर पर्सास्थित वीरगञ्ज चिनी मिलसँगैको ऐलानी जग्गा माओवादी केन्द्रलाई दिने निर्णय सच्याउन माग गरेको हो ।
ट्रान्सपरेन्सी नेपालले कुनै निश्चित राजनीतिक दललाई सार्वजनिक जमिन उपलब्ध गराउने निर्णयप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।
मुलुकमा रहेका सयौँ राजनीतिक दललाई यसरी सार्वजनिक जग्गा उपलब्ध गराउने प्रचलन सुरु गर्दा भयावह स्थिति बन्ने भन्दै ट्रान्सपरेन्सी नेपालले सरकारलाई सचेत समेत गराएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष भरतबहादुर थापाद्वारा हस्ताक्षर विज्ञप्तिमा वीरगञ्जको जग्गा दिने निर्णय खारेज गर्न माग गरिएको छ ।
transparency international nepal