भारतमा 'चिकनगुन्या'काे प्रकाेप बढ्याे नेपालमा सर्ने आशंका (बच्ने उपाय सहित)
भदौ १२ । भारतमा विभिन्न राज्यमा अहिले चिकनगुन्याको प्रकोप बढ्दो छ । मलेरिया तथा डेंगुबाहेक अहिले भारतको दिल्ली, मेरठ लगायतका शहरमा समेत चिकनगुन्याको प्रकोप बढेको छ ।
यो रोग भारतबाट नेपालमा आउने जोकोही मानिसमा सर्ने सम्भावना उत्तिकै देखिन्छ । त्यसैले यसबारे हामी नेपाली पनि समयमै सचेत रहन जरुरी छ ।
चिकनगुन्याल्स्गु गोफ विशेषगरी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो रोग लागेमा मानिसलाई ज्वरो आउँछ । मांशपशी बाउँडिने, शरीरका हड्डी दुख्ने लगायतका समस्या देखिन्छ । असहृय टाउको दुख्ने, जोर्नीहरु चलाउन नसक्ने तथा १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउने यो रोगका लक्षण हुन् ।
भारतमा अहिले दैनिक २० देखि २५ विरामी उपचारका लागि अस्पताल धाउने गरिरहेका छन् । यो संख्या अझै बढ्ने चिकित्सकहरुको अनुमान छ । यो रोग लागेमा मानिसको तत्काल मृत्यु भने हुँदैन ।
चिकनगुन्या लामखुट्टले टोकेको तीन देखि सात दिन भित्रमा यसको लक्षण देखा पर्न सुरु हुन्छ । यो रोग १९५२ मा पहिलो पटक दक्षिण तान्जानियामा देखा परेको थियो । अहिलेसम्म युरोप, अफ्रिका, एसिया लगायत विश्वका ६० भन्दा बढी देशहरुमा यो रोग फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
उपचार पद्धति
चिकनगुनिया डेंगु तथा मलेरिया जस्तै एक प्रकारको लामखुट्टेबाट मानिसमा सर्ने रोग हो । यो रोगको उपचार पद्दति खासै छैन । अझ भनौ, चिकुवागुनाको अहिलेसम्म औषधी पत्ता लागेको सम्म छैन । तर यी कुरामा ध्यान दिनसके मात्र पनि यो समस्या बाट बच्न सकिन्छ ।
पानी प्रशस्त पिउने
-शरीरमा पानीको कमी नहुन प्रशस्त झोलिलो पदार्थको सेवन गर्ने ।
-ज्वरो तथा जोर्नीको दुखाई कम गर्न सिटामोलको प्रयोग गर्ने ।
-यो रोग लामखुट्टेको टोकाईबाट सर्ने हुँदा लक्षण सुरु भएको पहिला हप्ता यो रगतमा देखिन्छ । जुन संक्रमित व्यक्तिको शरीरबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्दछ ।
यसबाट बच्ने उपाय
-घरभित्र तथा बाहिर पानी जम्न नदिने ।
-खाली भाडालाई सकेसम्म उल्टो पारेर घोप्ट्याउने ।
-विशेषगरी दिउसोको समयमा चिकनगुनियाको संक्रमण धेरै हुने हुदाँ बाहिर हिड्दा लामो लुगा लगाऔ ।
-दिउँसो अथवा राति सुत्दा लामखुट्टे नछिर्ने झुलको प्रयोग गरौ ।
-गाढा रङ्गको लुगामा लामखुुट्टे आकर्षित हुने भएकोले लामखुट्टे लाग्ने समयमा हल्का रङ्गको लुगा लगाउनु उपयुक्त हुन्छ ।
-यसबाहेक,२४ घण्टासम्म पनि धेरै ज्वरो आएमा चिकित्सकलाई देखाउनु उचित हुन्छ ।
chekananyou
India