प्रधानमन्त्री राहत र सुशासनको काममा केन्द्रित
भदौ – १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री कार्यलय सिंहदरबारमा राष्ट्रिय उद्योग व्यापार महासंघका पदाधिकारीहरुसँगको भेटमा जनतालाई प्रत्यक्ष राहत र सुशासनको प्रत्याभूति हुने काममा आफू केन्द्रित रहेको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) सम्वद्ध नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघका पदाधिकारीहरुसँगको भेटमा उनले उक्त कुरा भनेका हुन् ।
प्रधानमन्त्रीले भर्खरै सरकारले पूर्णता पाएको उल्लेख गर्दै अब गियर चेन्ज गरेर दौडिन बताए । ‘सरकारले पूर्णता पाएको छ, अब गेयर चेञ्ज गर्नेतिर सोच्दैछु । सरकार रफ्तारमा अगाडि बढ्छ’, उनले भने ।
राष्ट्रिय अर्थतन्त्रको विकास सरकारको प्राथमिकता भएको तर त्यसका लागि नीजिक्षेत्रको सहयोग र साझेदारीको पनि आवश्यक रहेको प्रधानमन्त्रीले बताए ।
भेटमा महासंघका प्रतिनिधिहरुले राष्ट्रिय अर्थतन्त्रको विकासमा कृषि, पर्यटन, जलविद्युतजस्ता क्षेत्रलाई अर्थतन्त्रको प्राथमिकताका साथ ध्यान केन्द्रित गर्न र सिण्डिकेटको अन्त्यका लागि उपयुक्त कदम चाल्न, युवालक्षित कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघको तर्फबाट प्रधानमन्त्री राहत कोषमा १ लाख १ हजार रुपैयाँ प्रदान गर्ने घोषणा समेत गरेको छ ।
arthatantra
Prachanda