News

त्रिभुवन विश्वविद्यालयका पदाधिकारी प्रधानमन्त्रीकाे शरणमा

त्रिभुवन विश्वविद्यालयका पदाधिकारी प्रधानमन्त्रीकाे शरणमा
Tribhuban University भदौ - १२ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नहुने सुनिश्चित गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् । विश्वविद्यालयका उपकुलपति प्रा. डा. तीर्थ खनियाँ, रेक्टर प्रा. डा सुधा त्रिपाठी, रजिष्टार डिल्लीराम उप्रेती लगायतको टोलीले आइतबार अपरान्ह प्रधानमन्त्री दाहाललाई भेटेर विश्विविद्यालयभित्र हुने नियुक्तिमा दलीय हस्तक्षेप नहुने सुनिश्चित गर्न आग्रह गरेको हो । खनियाँ नेपाली कांग्रेस, त्रिपाठी नेकपा एमाले र उप्रेती नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त पदाधिकारी हुन् । प्रधानमन्त्री दाहाललाई वधाइ दिन पुगेका उनीहरुले विश्वविद्यालयमा हुने नियुक्ति र अन्य गतिविधिमा राजनीतिक हस्तक्षेप रोक्नका लागि दलहरुसँग समन्वय गरिदिन पनि आग्रह गरे । विश्वविद्यालयका पदाधिकारीहरुले भूकम्पबाट क्षतिग्रस्त भएका त्रिवि र अन्र्तगतका क्याम्पसहरुको पुनः र्निमाणमा बजेटको अभाव हुन नदिन पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए ।

Tribhuban University

विशेष