विदेश

क्षेप्यास्त्र परीक्षणप्रति संयुक्त राष्ट्रसंघले गरेको निन्दाप्रति उत्तर कोरिया रूष्ट

क्षेप्यास्त्र परीक्षणप्रति संयुक्त राष्ट्रसंघले गरेको निन्दाप्रति उत्तर कोरिया रूष्ट
Kim_Joung भदौ १२ । उत्तर कोरियाले बुधबार गरेको क्षेप्यास्त्र परीक्षणबारे सयुक्त राष्ट्रसंघले गरेको निन्दाप्रति उत्तर कोरियाले आफु रूष्ट बनेको जानकारी गराएको छ । उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणको संयुक्त राष्ट्रसंघ अन्तर्गत सुरक्षा परिषदले कडा निन्दा गरेको थियो। यस अघि पनि उत्तर कोरियाले समुन्द्रको तटीय क्षेत्रमा यस्तै क्षेप्यास्त्र परिक्षण गरेको थियो । सयुक्त राष्ट्रसङ्घ र अन्य अन्तराष्ट्रिय समुदायले उत्तर कोरियाको क्षेप्यास्त्र परिक्षणको विरोध गर्दै आएपनि उत्तर कोरियाले यस कानुनको उल्लङगन गर्दै आएको छ । उत्तर कोरियाली सहयोगी राष्ट्र भनी मानिएको चीनको पनि सहयोगमा सो परिषदको बैठकले सर्वसम्मत रुपमा उत्तरका विरुद्धको निकै कडा विरोधपत्रमा सहमति जनाउनुका साथै उत्तरका बिरुद्धमा आवश्यक कारबाहीको कदम लिनुपर्ने निर्णय पनि गरेको थियो । उता उत्तर कोरियाका परराष्ट्र मन्त्रालयका अधिकारी जोन मिन डिकले शनिबार सयुक्त राष्ट्रसंघमा अमेरिकी नेतृत्वमा भएको छलफल निकै निन्दनीय भएको बताउँदै पछिल्लो समय अमेरिकामा असामान्य तरिकाबाट देखिएको आणविक त्रासका कारण आफुहरूले आणविक हतियार विकास गरेको बताएका छन् ।

Kim Jong north Korea

विशेष