विदेश

पाकिस्तानमा हुने १९ औं सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी सहभागी नहुने

पाकिस्तानमा हुने १९ औं सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी सहभागी नहुने
Narendra-Modi भदौ - १२ । पाकिस्तानमा हुने १९ औं सार्क शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी नहुने देखिएको छ। सम्मेलनमा भारतले राष्ट्रपति प्रणव मुखर्जीलाई पठाउने तयारी गरेको एक कुटनीतिज्ञ स्रोतलाई उद्रित गर्दे डेली टाइम्सले जनाएको छ । बंगलादेशले पनि राष्ट्रपतिलाई नै सम्मेलनमा पठाउन सक्ने देखिएको छ । बंगलादेशका लागि प्रधानमन्त्री शेख हसिना सहभागि नभएको खण्डमा राष्ट्रपति अबदुल हमिदले मुलुकको प्रतिनिधित्व गर्नेछन्। “इन्डो(पाकिस्तान विकास” निकट स्रोतले भने “सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी नभए मुलुकको प्रतिनिधित्व राष्ट्रपति प्रणव मुखर्जीले गर्नेछन्” । अहिले सार्क सम्मेलनको तयारी स्वरूप मन्त्रीस्तरीय बैठकहरू चलिरहेको छ । हालै सम्पन्न भएको सार्क अर्थमन्त्रीहरूको सम्मेलनमा भारतीय अर्थमन्त्री अरूण जेट्ली सहभागी भएनन् । साथै पाकिस्थाले काश्मिर विवादबारे कुराकानी गर्न सचिव स्तरीय वार्ताको आव्हान गरेपनि त्यसलाई भारतले अस्वीकार गरेको छ । सार्क सम्मेलन आगामी नोभेम्बर ९ र १० मा पाकिस्तान राजधानी इस्लामावादमा हुने तय भएको छ । पाकिस्तानले पहिलो पटक सन् १९८८ मा सार्क शिखर सम्मेलनको आयोजना गरेको थियो। उक्त समय बेनजिर भुट्टो प्रधानमन्त्री थिइन्। पाकिस्तानले दोस्रो पटक २००४ मा सार्क शिखर सम्मेलनको आयोजना गर्यो । गत १८ औं सार्क शिखर सम्मेलन नेपालको राजधानी काठमाडौंमा आयोजना भएको थियो । - एजेन्सी

India Pakistan SAARC

विशेष