News

रक्षामन्त्रीद्वारा जंगी अड्डाको भ्रमण सेनाको योगदानको उच्च कदर

रक्षामन्त्रीद्वारा जंगी अड्डाको भ्रमण सेनाको योगदानको उच्च कदर
Balkrishna-khad-at-sena-headquater भदाै - १२ । नवनियुक्त रक्षामन्त्री बालकृष्ण खाँडले आइतबार नेपाली सेनाको मुख्यालय जंगी अड्डाको भ्रमण गरेका छन् । त्यहाँ सेनाले रक्षामन्त्री खाँडलाई नेपाली सेना सम्बन्धी परिचयात्मक जानकारी गराएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले स्वागत मन्तव्य राखे भने सम्बन्धित विभागका रथीहरुले नेपाली सेनाको इतिहास, विकासक्रम, जिम्मेवारी र आगामी कार्य्दिशा एवं अपरेशनल गतिविधिबारे ब्रिफिङ गरे । कार्यक्रममा रक्षामन्त्री खाँडलेसेनाले आफ्नो स्थापना कालदेखि हालसम्म राष्ट्र सुरक्षामा पुर्‍याउँदै आएको योगदानको उच्च कदर गरे । साथै, नेपाल निर्माणमा सेनाले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको र सेनाप्रति आफ्नो उच्च सम्मान रहेको बताए । रक्षामन्त्री खाँडले राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता, अखण्डता र नेपाली जनताको सुरक्षामा केन्द्रित रहेर काम गर्न निर्देशन दिए । उनले नेपाली सेनाले सिमित साधन र श्रोतको बावजुत पनि राष्ट्र रक्षाको लागि गरेका कार्यहरुको उच्च मुल्यांकन गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

jungi addako vraman rakshya mantri balkrishna khad

विशेष