News

उपप्रधानमन्त्री निधि र मधेसी मार्चाबीच भेटवार्ता

उपप्रधानमन्त्री निधि र मधेसी मार्चाबीच भेटवार्ता
Bimalendra भदाै - १२ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच सिंहदरबारमा वार्ता भएको छ। गृह मन्त्रालयमा दिउँसो दुई बजेदेखि एक घण्टासम्म चलेको वार्ता सकारात्मक भएको संघीय समाजवादी फोरमका संसदीय दलका उपनेता लालबाबु राउतले बताए । पछिल्लो समय सरकारले गर्नुपर्ने काममा ढिलाई भएको भन्दै असन्तुष्टि सार्वजनिक हुन थालेपछि निधिले मन्त्रालयमै मोर्चालाई वार्ताका लागि डाकेका थिए। ’निधिजीले मोर्चासँग भएको सहमतिको दोस्रो बुँदाको कार्यान्वयनमा भएका कामका विषयमा जानकारी गराउनु भयो,’ राउतले भने, ’हामीले त्यसलाई छिटो कार्यान्वयनमा लैजान आग्रह गरेका छौ।’ उनले कांग्रेस माओवादी गठबन्धन र मधेसी मोर्चाबीचको सहमतिको दोस्रो बुँदाको कार्यान्वयन गृह मन्त्रालय अन्तर्गत नै भएको भन्दै त्यही कारण वार्तामा बोलाएको बताए। 'सहिद घोषणाको प्रस्ताव लैजानेदेखि घाइतेहरुको उपचारको खर्च दिनेसम्म काम उहाँकै अन्तर्गतमा हो’ राउतले भने, ’उहाँले सरकार तदारुकताका साथ सहमतिको कार्यान्वयनमा लागि रहेको बताउनुभएको छ।’ उनले घाइतेहरुको उपचारको रकम ६०र६५ लाख रुपैयाँ निकासा हुनु पर्ने अवस्था रहेको र सहिद परिवारलाई क्षतिपूर्तिको रकम पनि चाँडै पुर्‍याउनु पर्ने आवस्यकता आफ्ना तर्फबाट राखेको बताए। ’संविधान संशोधनका लागि पनि काम भइरहेको उहाँले बताउनुभएको छ’ राउतले भने, ’समग्रमा भन्नुपर्दा वार्ता सकारात्मक भएको छ।’

Bimalendra Nidhi madesi morcha

विशेष