न्यूरोडबाट ११ तोला सुन लुटियो
भदौ – १२ । काठमाडौंमा न्यूरोड स्थित संकटा मन्दिरको गल्लीमा कम्तीमा ११ तोला सुन लुटपाट भएको छ ।
न्यूरोड स्थित संकटा मन्दिरको गल्लीमा सुन जलप लगाउन लैजाने क्रममा तीन जनाको समूहले ११ तोला सुन लुटपाट गरेका छन् ।
काठमाडौँ महानगरपालिका–१९ न्यूरोड वि.युनाईटेड गोल्ड मार्ट सुन पसलबाट आइतबार भारत कलकत्ता घर भएका १५ वर्षीय सागर चन्दले सुन लिएर गइरहेको अवस्थामा लुटेराहरुले चन्दलाई कुटपिट गरी सुन लिएर भागेको बताइएको छ ।
चन्दका अनुसार लुटेराहरु अन्दाजी १५–१६ वर्षका रहेका बताएका छन् ।
newroad
sun choreyo