News

एपीएफ टोलीद्वारा कुखुराको चल्ला बरामद

एपीएफ टोलीद्वारा कुखुराको चल्ला बरामद
kukhura भदाै - १२ । एपीएफ टोलीद्वारा कुखुराको चल्ला बरामद गरेकाे छ । नवलपरासी जिल्लाको जहदा ७ धनेवाबाट भाद्र १२ गते बिहान एपीएफ टोलीले करीव ६ लाख रुपैयाँ बराबरको अवैध बोईलर कुखुराको चल्ला बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल भित्र्याउदै गरेको अवस्थामा करीव दश हजार वटा बोईलर कुखुराको चल्ला सशस्त्र प्रहरी बल सुरक्षा वेश सेमरी नवलपरासीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद चल्ला स्थानीय भद्रभलादमी तथा स्थानीय प्रहरीको रोहवरमा नष्ट गरेको छ ।

APF challa baramad

विशेष