’सडक दुर्घटना रोक्न कठोर कदम चाल्नैपर्ने भएको छु’ - प्रधानमन्त्री प्रचण्ड
भदाै - १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तर भइरहेका सडक दुर्घटना रोक्न कठोर कदम चाल्ने बताएका छन् ।
अर्घाखाँचीको हंसपुरमा आइतबार भएको जीप दुर्घटनामा ११ जना यात्रुको ज्यान गएपछि प्रम प्रचण्डले ट्वीट गर्दै सडक दुर्घटना रोक्नका लागि आफूले कठोर कदम चाल्ने बताएका हुन् ।
’सडक दुर्घटना रोक्न कठोर कदम चाल्नैपर्ने भएको छुु’, प्रधानमन्त्रीले आइतबार ट्वीट गर्दै भनेका छन्, ’अर्घाखाँची घटनाले थप गम्भीर बनाएको छ। दुर्घटनामा मृत्यु हुने सम्पूर्णमा श्रद्धाञ्जली।’
काभ्रेको बिर्तादेउरालीमा २७ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनापछि प्रम प्रचण्डले सडकको पूर्वाधार सुधार्न तथा पुराना गाडी हटाउन र सिन्डिकेटको अन्त्य गर्न निर्देशन दिँदै आएका थिए ।
प्रधानमन्त्री सरकारी निकायलाई दिएको निर्देशन लागू हुन नपाउँदै चितवनमा २२ जनाको ज्यान जाने गरी अर्को दुर्घटना भयो ।
निरन्तर सडक दुर्घटनामा सर्बसाधरणले ज्यान गुमाउने क्रम बढेपछि प्रमले कठोर कदमको संकेत गरेका हुन् । तर उनको कदम कति कठोर हो भन्ने खुलाएका छैन ।