News

अर्घाखाँचीकाे जीप दुर्घटना मृत्यु हुनेकाे संख्या ११ पुग्यो, नामावली सहित

अर्घाखाँचीकाे जीप दुर्घटना मृत्यु हुनेकाे संख्या ११ पुग्यो, नामावली सहित
car-accident-graphic-demo भदौ १२ । अर्घाखाँचीको हंशपुर गाविसमा आइतबार दिउँसो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । अरु ४ जना गम्भीर घाइते रहेका छन् । ९ जनाको घटनास्थलमा र २ जनाको उपचारको क्रममा मृत्यु भएकोे प्रहरीले जनाएको छ । सदरमुकाम सन्धीखर्कबाट बाट प्युठानको बाँदीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको जिप हंसपुर ५ र ९ को बीचमा पर्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो । प्रहरीका अनुसार जीप सडकबाट ७ सय मिटर भन्दा तल खसेको थियो । मृत्यु हुनेमा गुल्मीका भने १ का ५९ वर्षिय बुद्धि बहादुर परियार,प्युठान बाङ्गेमरोठ ८ का ६८ वर्षिय शोभा सिंह रोका मगर, अर्घाखाँची जिल्ला हसपुर ४ का ३५ वर्षिय मिन बहादुर केसी,अर्घाखाँची हसपुर १ का ३६ वर्षिय देव बहादुर थापा मगर,अर्घाखाँची जिल्ला सनपा ११ किमडाँडाका नारायण बहादुर राना,गुल्मी जिल्ला पुर्कोटदह ८ का ५९ वर्षिय भेष बहादुर थापा मगर,अर्घाखाँची जिल्ला धारापानी ६ की ३६ वर्षिय कमला पौडेल, गुल्मी जिल्ला पुर्कोटदद ४ निवासी ३७ वर्षिय जिव बहादुर कुवर रहेका छन् । त्यस्तै अर्घाखाँची हसपुर ५ बस्ने ४५ वर्षिय हुम बहादुर घर्तिमगर,अर्घाखाँची असपुर २ का ४५ वर्षिय राम बहादुर घर्तिमगर र अर्घाखाँची सनपा २ बस्ने ३२ वर्षिय सिता नेपालीको मृत्यु भएको घटनास्थलमा पुग्नु भएका प्रहरी निरिक्षक सुजन कुमारराज भण्डारीले जानकारी दिए । मृतक मध्ये कमला पौडेल र जिवबहादुर कुवरको उपचारको क्रम जिल्ला अपस्तालमा मृत्यु भएको हो । घाईते त्युठान बाधिकोटका जिवलाल प्रोखरेल, सन्धिखर्क नगरपालीका १ का अर्जुन खनाल, खन ७ सितका सुरज खनाल र पुर्कोटदह ४ का यमलाल कुवरको सन्धिखर्क जिल्ला अपस्ताल अर्घाखाँचीमा उपचार हुन नसकेपछि थप उपचार लागी बुटवल रिर्फर गरिएको छ । धारापानी ६ की मुना पौडेल र धारापानी ६ कै कविता पौडेलको जिल्ला अपस्ताल अर्घाखाँचीमा उपचार भईरहेको छ । गाडी चालक प्रहरी हिरासतमा रहेका छन् । उकालोमा गाडीको बे्रक फेल भएर दुर्घटना भएको पौडेलले जानाकारी दिनुभयो । सन्धिखर्क सदरमुकाम देखी झन्डै ३० किलोमिटर पश्चिममा दुर्घटना भएको हो । गाडीमा १६ जना सवार रहेका थिए ।

Arghkhachi Gulmi road accident

विशेष