विदेश

टर्कीद्वारा सिरियामा हवाई आक्रमण २५ जनाको मृत्यु

टर्कीद्वारा सिरियामा हवाई आक्रमण २५ जनाको मृत्यु

Turkey

भदौ १३ । टर्कीले सिरियाको कुर्दिस लडाकुको क्षेत्रमा हवाई आक्रमण गर्दा २५ जनाको ज्यान गएको छ । टर्कीको सेनाले ज्यान गुमाएका सबै कुर्दिस लडाकु रहेको दाबी गरेको छ । एक अनुगमन समूहले टर्कीले गरेको हवाई आक्रमणमा परि जाराब्लेस क्षेत्रमा कम्तिमा ३५ जना सर्वसाधारण नागरिक र चार जना लडाकु मारिएको बताएको छ । तर यी दुई प्रतिवेदन एकै घटनाका हुन कि होनन् भन्ने नखुलेको बिबिसीले जनाएको छ ।

टर्कीले गएको पाँच दिनदेखि सिरियामा इस्लामिक स्टेट तथा कुर्दिस लडाकुलाई लक्षित गरी हवाई आक्रमण गर्दै आएको छ । गएको हप्ता टर्कीको गाजिएन्टेपमा एक विवाहको भोज भइरहेको ठाउँमा भएको आत्मघाती आक्रमणमा ५४ जनाको ज्यान गएपछि टर्कीले हवाई आक्रमण सुरु गरेको हो ।

Turkey

विशेष